केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २९ साउन । ताप्लेजुङको फुङ्लिङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा सलहेश युवा क्लब सिराहा पुगेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सलहेशले रेड स्टार क्लब झापालाई २–० ले पराजित गर्दै फाईलमा पुगेको हो ।
चार जना विदेशी खेलाडी सहित मैदानमा उत्रिको सलहेसले खेलको १३ औं मिनेटमै युसुफ मलिकले गोल गर्दै टिमलाई १–० गोल गरेका थिए । रेड स्टर झापाले बारम्बार गोल गर्ने प्रयास नगरेको होईन तर, कुनै गोलल गर्न सकेन । हिलाम्बे खेल मैदानमा दुवै टिमबाट हाम्सा हम्सि चलिनै रहयो । खेलाको हाफ टाईम पछाडी अर्थात ४८ मिनेटमा विदेशी खेलाडी युसुफले नै अर्को गोला गर्दै २–० बनाएका थिए । सोही गोलनै सलहेसको जीत बन्यो । खेलको म्यान अफद म्याच सलहेस सिराहाका युसुफ मस्लिक भएका छन् । उनले नगद ७ हजार रुपैंया समेत प्राप्त गरेका छन् ।
यसअघि क्वार्टरफाइनलमा सलहेशले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ६–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उता, रेड स्टार झापाले सहारा क्लब पोखरालाई २–१ ले हराएर अन्तिम सेमी फाईनलमा पुगेको थियो ।

फाइनल खेलमा सलहेश युवा क्लबले अब शनिबार चर्च ब्वाइज क्लब ललितपुर सँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ । चर्च ब्वाइजले भारतको लिजेन्ड फुटबल एकेडेमीलाई १–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यसपछि बुधबार सम्पन्न सेमिफाइनलमा द योङ ब्रदर्श फुटबल क्लब सुनसरीलाई ट्राइबेकरमा ३–१ ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
प्रतियोगिता साउन २४ गते देखि सञ्चालन भईरहेको छ । विजेता टोलीले नगद ७ लाख २ हजार ८२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त सञ्चालक समितिका सचिव टिकेन्द्र नेपालीले जानकारीदिए । उनेले उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बताए । साथै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कार दिइने सचिव नेपालीले जानकारीदिए ।


